logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • तनहुँमा तमु उद्धान बन्ने

    तनहुँमा तमु उद्धान बन्ने

    6.7K
    Shares

    तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु उद्यान निर्माण हुने भएको हो। गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिनिधित्व हुने गरी फिरफिरेको राङलीबोटमा ‘तमु हिल पार्क’ बनाउन लागिएको हो।

    वडाको योजनालाई सार्थक तुल्याउन स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराउने भएका हुन् । ६ जना स्थानीय मिलेर दश रोपनी चार आना जग्गा दान गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिएका हुन् ।

    स्थानीय कौरी गुरुङले एक रोपनी आठ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुब्बा गुरुङले एक रोपनी सात आना, भुपरध्वज गुरुङले तीन रोपनी एक आना, लालु गुरुङले एक रोपनी ११ आना र मनबहादुर गुरुङले एक रोपनी आठ आना दिने भएका हुन् । वडाध्यक्ष गुरुङका अनुसार उनिहरुले आगामी चैतसम्ममा  पार्कको नाममा जग्गा पास गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

     ‘स्थानीयवासीले जग्गा दिने भएपछि पार्क निर्माणको काम अगाडि बढाउनलाई बाटो खुलेको छ,’ वडाध्यक्ष गुरुङले भने । वडाले तमु हिल पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा रु दश लाख बजेट पनि विनियोजन गरेको छ । उक्त रकमले सडक बनाउने, जग्गा सम्याउने र पार्कको शिलान्यास गर्ने काम हुने गुरुङले जानकारी दिए । ‘यो वर्ष काम शुरु भएपछि तीनै तहका सरकारसँग बजेट माग्छौ,’ उनले भने, ‘यसमा स्थानीयवासीको पनि लागत साझेदारी रहनेछ ।’

    उद्यान निर्माण सम्पन्न गर्न करिब रु पाँच करोड लाग्ने अनुमान गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend