काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए । प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दल भित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले बताए ।
उनले संसद पुर्नस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए । पार्टी भित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए ।