logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

    बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

    7.4K
    Shares

    बैतडी। बैतडीमा जीप दुर्घटना चालकको घटनास्थलमै ज्यान गएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जीप बिहीबार बिहान दुर्घटना भएको हो । जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

    बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जीप चालक अन्दाजी २७ वर्षीय धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए । उनका अनुसार बैतडी पुर्चाैडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक धामीले बताए ।

    दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपमा चालकसहित चार जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend