पुस ९ काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो।
पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने कार्यसूची रहेको छ। प्रचण्ड माधव पक्षमा महासचिवको आकांक्षीमा प्रबक्ता नारायणकाजी श्रेष्ठ सहित भिम रावल, जनार्दन शर्मा, देव गुरुङ, सुरेन्द्र पाण्डे र बर्षमान पुन देखिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै माधव कुमार नेपाललाई अध्यक्ष बनाएर अघि बढेको प्रचण्ड माधव नेपाल पक्ष प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनलाई असंवैधानिक भन्दै जिल्ला तह सम्मै आन्दोलन गर्ने सम्बन्धमा छलफल हुने बुझिएको छ।