बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

‘एड’ शब्द राखेर बिआरआई फ्रेमवर्कमा सहमति जुटाउने प्रयास

‘एड’ शब्द राखेर बिआरआई फ्रेमवर्कमा सहमति जुटाउने प्रयास

काठमाडौं । नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा अनुदान मात्र लिन राखेको प्रस्तावमा चीनले असहमति जनाएको छ । अहिले अनुदानको सट्टा सहायता (एड) शब्द राखेर सहमति जुटाउने प्रयास भएको छ ।

चीनले बिआरआईमा अनुदान अस्वीकार गर्ने भनेपछि नेपालले यसको विकल्पमा सहायता शब्दमा छलफल अघि बढाएको हो । अनुदान भनेको सित्तैमा र एड भनेको सित्त र ऋण दुबै अर्थ लाग्ने भएपछि यस विषयमा सहमति जुटाउने प्रयास भएको परराष्ट्र मन्त्रालयल स्रोतले बतायो ।

यसमा चीन सरकार सहमत हुन सक्ने अपेक्षा नेपाली प्रतिनिधिमण्डलको छ । एड शब्दमा सहमति जुटे आजै नेपालले प्रस्ताव गरेको बिआरआई फ्रेमवर्कमा हस्ताक्षर हुने संभावना रहेको स्रोतको भनाई छ ।

याे पनि :

बिआरआई फ्रेमवर्कमा भएन सहमति : चीनले अनुदान नदिने, नेपालले ऋण नलिने

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend