logo

२०८१ मंसिर १९ बुधबार

logo
  • बुधबार, १९ मंसिर २०८१
  • संकटमा भारतीय विमान कम्पनी, ३० अर्ब नोक्सान व्यहोर्दै

    संकटमा भारतीय विमान कम्पनी, ३० अर्ब नोक्सान व्यहोर्दै

    959
    Shares
    संकटमा भारतीय विमान कम्पनी,  ३० अर्ब नोक्सान व्यहोर्दै

    एजेन्सी । अहिले भारतीय उड्डयन क्षेत्र एक विरोधाभास अवस्थामा छ । कीर्तिमानी यात्रु वृद्धि तर निरन्तर वित्तीय अशान्तिमा विमान कम्पनीहरु छन् । इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी (इक्रा) का अनुसार हवाई उद्योगले आर्थिक वर्ष २०२५ र २०२६ मा प्रत्येक वर्ष २० देखि ३० अर्ब रुपैयाँ खुद घाटा व्यहोर्ने अनुमान गरेको छ ।

    यसैबीच, यसले आन्तरिक हवाई यात्रु आवागमन आर्थिक वर्षमा वार्षिक ७ देखि १० प्रतिशत बढेर १६ करोडदेखि १७ करोड पुग्ने प्रक्षेपण गरेको छ । भारतीय वाहकहरूको लागि अन्तर्राष्ट्रिय ट्राफिक अझ छिटो बढ्ने अपेक्षा गरिएको छ । आगामी वर्ष सन् २०२५ मा १५ देखि २० प्रतिशत यात्रु बढ्ने अनुमान गरिएको छ ।

    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई ट्राफिकमा अपेक्षित वृद्धिको बावजुद, बढ्दो कनेक्टिभिटी र मागको कारणले एयरलाइन्सहरूले उच्च सञ्चालन लागतले विमान कम्पनीको नाफामा हिट गर्ने अनुमान छ ।

    इक्राका वरिष्ठ उपाध्यक्ष किञ्जल शाहले एयरलाइन्सको मूल्य निर्धारण शक्तिमा सुधार भएका कारण विगतमा देखिएको घाटाको तुलनामा उद्योगले खुद नोक्सानमा पुग्ने अपेक्षा गरिएको बताए । यद्यपि, उच्च इन्धन मूल्य, आपूर्ति श्रृंखला अवरोध र ग्राउन्ड एयरक्राफ्टले लागत बढाएको छ ।

    लागत गतिशीलता डरलाग्दो छ । हवाइ इन्धनको मूल्य ६.८ प्रतिशत घटेर २०२५ मा हालसम्म प्रति किलोलिटर ९६ हजार १ सय ९२ भारु पुग्ने अनुमान छ । यो मूल्य कोभिड पूर्व स्तर भन्दा धेरै माथि छ ।

    यसबाहेक, विमान भाडा र मर्मतसम्भारसहित लगभग आधा एयरलाइन्स खर्चहरू डलरमा आधारित हुन्छन् । जसले वाहकहरूलाई मुद्राको उतारचढावको जोखिममा राख्छ । ग्राउन्डिङ, विश्वव्यापी आपूर्ति श्रृंखला र कम इन्धन दक्षताका कारण उच्च लागत निम्त्याएको शाहले बताएका छन् ।

    सबैभन्दा ठूलो बाधा भनेको कडा प्रतिस्पर्धात्मक बजारमा हवाई टिकटको मूल्य बढाउनको लागि संघर्ष भएको उनको भनाई छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको डाटाले भारतमा आन्तरिक हवाई भाडाहरू जेट इन्धनको मूल्य र मुद्रास्फीति बढ्दा पनि २०१५ स्तरको नजिक वा तल रहेको देखाउँछ ।

    ‘भारतीय बजार विश्वको सबैभन्दा मूल्य संवेदनशील बजार मध्ये एक हो’ इन्डिगो एयरको प्रमख कार्यकारी अधिकृत (सिइओ) पिटर एल्बर्सले भने ‘बजार प्रतिस्पर्धात्मक रहनेछ । दुबै एयरलाइन्सले अन्ततः आफ्ना सेयरधारकहरूसँग सम्झौता गर्नुपर्नेछ र उनीहरूले उनीहरूको लागत अनुरूप मूल्य प्रस्ताव गर्ने कुरा सुनिश्चित गर्नुपर्नेछ ।’

    जेट एयरवेज र गो फस्र्ट बन्द हुँदा मूल्य प्रतिस्पर्धा कम भएको छैन । यसको सट्टा इन्डिगो, एयर इन्डिया र आकासा एयर ९० भन्दा बढी विमानहरू थप्न तयारी गरेका छन् । (दि इकोनोमिक टाइम्सको सहयोगमा)

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend