logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्रम्प दम्पत्ती क्रिसमस मनाउन छुट्टीमा

    ट्रम्प दम्पत्ती क्रिसमस मनाउन छुट्टीमा

    6.3K
    Shares

    वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पसँग क्रिसमस मनाउन छुट्टिमा निस्किएका छन् । ट्रम्प बुधबार पत्नी मेलानियासँग फ्लोरिडामा रहेको आफ्नो निवास मार–ए–लिगो रिसोर्टमा पुगेका छन् । यसलाई पाम विच रिसोर्ट पनि भनिन्छ । 

    ट्रम्प म्यारिन वन हेलिकप्टरबाट पाम विच पुगेका हुन् । ट्रम्प दम्पत्ती एक साता त्यही रहनेछन् । 

    नवनिर्वाचित राष्ट्रपति जो बाइडेन २० जनवरीदेखि राष्ट्रपतिको पद सम्हाल्ने छन् । ट्रम्पसँग अब ह्वाइट हाउसमा बस्न एक महिनाको समय मात्र छ । 

    ट्रम्पले हालसम्म चुनावी परिणाम पनि स्वीकार्न सकेका छैनन । उनले धाँधली भएको भन्दै अदालतमा दायर गरेका मुद्दा पनि खारेज भएको छ र पनि उनी आफ्नै अडानमा छन् । हालसम्म निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई पनि दिएका छैनन, यो अमेरिकाको दुई सय वर्षदेखि चल्दै आएको परम्परा हो । 

    योबाहेक ट्रम्पले हालै गरेका केही निर्णयले अमेरिकामा बहसको वातावरण सिर्जना गरेको छ । उनले विभिन्न मुद्दामा दोषी भएका २९ व्यक्तिलाई उन्मुक्ति दिएका छन्, कोरोना राहत प्याकेज र रक्षा विधेयक पनि अस्वीकार गरेका छन् । चुनावी परिणाम स्वीकार गर्न र बाइडेनलाई बधाई दिन आग्रह गर्ने रिपब्लिकन नेताप्रति पनि उनी कडा भएर प्रस्तुत भइरहेका छन् । 

    यता, कोरोना भाइरसको संक्रमणले अमेरिकाको अवस्था झन नाजुक बनाउँदै गएको छ । हालसम्म एक करोडभन्दा बढी मानिस संक्रमित भएका छन्, भने तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend