logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • वीरगञ्ज भन्सारबाट ४ महिनामा ५२ अर्ब ६७ करोडको सामान निर्यात

    वीरगञ्ज भन्सारबाट ४ महिनामा ५२ अर्ब ६७ करोडको सामान निर्यात

    308
    Shares
    वीरगञ्ज भन्सारबाट ४ महिनामा ५२ अर्ब ६७ करोडको सामान निर्यात

    पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ ।

    वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ । सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

    यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend