
सुनौलो नेपाल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका कुरा खुरुखुरु मान्दा उनमा दम्भ र अहंकार बढेको बताएका छन् । पार्टी एकतालाई सुदृढ गर्ने क्रममा आफू लचक भएको कुरालाई ओलीले कमजोरीको रुपमा लिएको र अधिनायकवादी बन्दै गएको उनले बताए ।
‘बरिष्ठताको कुरामा म तीन वर्ष जेठो हुँ भन्नुभयो मैले मानिदिए । आलोपालोको कुरामा तपाईं कार्यकारी अध्यक्ष हुनु भन्नुभयो मैले पनि पाँच वर्ष तपाई नै प्रधानमन्त्री बन्नु भनिदिए,’ शुक्रबार आयोजित प्रचण्ड–माधवकुमार नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘पार्टी एकतालाई सुदृढ गर्नका लागि लचकता अपनाउनु मेरो गल्ती भयो। उहाँ झन, दम्भी र अहंकारी बन्दै जानुभयो । मैले त्यसो नगरेको भए सायद यो अवस्था आउँदैन्थ्यो कि !’
यस्तो छ प्रचण्ड माधव प्रेस मिटको पुरा भिडियो
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend