logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

    ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

    259
    Shares
    ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

    बारा । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन् । गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गगर्न पुगेका हुन् ।

    निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए ।

    सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरू भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ रुपैयाँ लागतमा निर्माण सुरू भएको हो ।

    जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब रुपैयाँ छ । जसमा ७० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको र ३० करोड रुपैयाँको काम बाँकी छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुनेबित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरून्तै सुरू गर्ने मन्त्री खड्काले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend