काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपामा फुट आएसंगै उपाध्यक्ष बामदेव गौतमले आफु तत्काल कुनै पनि समुहमा नलाग्ने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा गौतमले यस्तो बताएका हुन्।
आफ्नो समूहमा आउन प्रचण्डले गरेको अनुरोधलाई गौतमले अस्विकार गर्दै गौतमले आफु पार्टी एकताको पक्षमा रहेको र कसैको पक्षमा पनि नलाग्ने बताएका हुन्।
भेटवार्तामा गौतमले आफुँ प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गरेको संसद विघठनको विपक्षमा रहेको र पार्टी एकताको पक्षमा रहेको बताएका थिए। साथै गौतमले पार्टी एकतालाई ध्वस्त पार्ने गतिविधि नगर्न प्रचण्डलाई सुझाव दिएका थिए।
विभाजनसंगै दुवै पक्ष गौतमलाई आफूतिर ल्याउन कसरतरत छन्।