काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले जनहितविपरितका काम गरेकाले विरोध गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले सरकारलाई काम गर्न नदिएको नभई गलत काम गर्न लाग्दा खबरदारी गरेको बताए।
सरकारले गरेका देशहितका कामहरुमा आफुहरुले विरोध नगरेको भन्दै नेता रावलले राष्ट्रघाती, नेपालको परराष्ट्रनीति विपरित, संविधानविरोधी, लोकतन्त्रविरोधी कामहरु नगर्न प्रधानमन्त्री ओलीलाई सचेत गराएको र त्यस्ता कार्यको विरोध गरेको बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघठन गरेर जनमतको अपमान गरेको उनको भनाई छ। वर्तमान संविधानले प्रधानमन्त्रीलाई संसद विघठन गर्ने अधिकार नदिएको भन्दै ओलीले संविधानको उल्लङ्घन गरेको बताए।