logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह

    6.3K
    Shares

    न्यु योर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिएको उनका प्रवक्ताले शनिबार 
    जानकारी दिएका छन् । 

    गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतवारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढङ्गले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गरेको प्रवक्ता स्टेफान दुजारिकले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

    गुट्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्याएको पनि विज्ञप्तिमा बताइएको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend