logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • रविलाई पर्सा लाने प्रहरीको तयारी, छविलाई लगियो

    रविलाई पर्सा लाने प्रहरीको तयारी, छविलाई लगियो

    672
    Shares
    रविलाई पर्सा लाने प्रहरीको तयारी, छविलाई लगियो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्कीबाट पर्सा लगिँदै छ ।

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई अब पर्सा लाने तयारी प्रहरीले गरेको हो । रविलाई यस भन्दा अघि रुपन्देही, काठमाडौँ र चितवन पनि पुर्याइएको थियो । अब उनलाई पर्सा लान लागिएको हो ।

    पर्सामा पनि रविविरुद्ध जाहेरी परेको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले पर्सा लान लागिएको हो ।

    सोही प्रकरणमा अर्का आरोपि रहेका छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend