बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचका विविध आयामबारे छलफल

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचका विविध आयामबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको थियो । 

अध्यक्ष दाहालको सचिवालयका अनुसार उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो ।  

यस्तै आजै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम  रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend