बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भीम रावलको आक्रोश : ‘शीतल निवासमा मदन भण्डारीको आत्माले के भनिरहेको होला ?’

भीम रावलको आक्रोश : ‘शीतल निवासमा मदन भण्डारीको आत्माले के भनिरहेको होला ?’

कैलाली । नेकपा (प्रचण्ड–माधव) समूहका स्थायी समिति सदस्य भीम रावलले देश राजनीतिक स्थायित्वतर्फ लैजानका लागि एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । 

आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका हुन् । 

उनले यसअघि तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुने बेलामा विगतको जस्तो पार्टी फुटको अवस्था नआउने उद्घोष गरे पनि अध्यक्ष ओलीले कुकृत्य गरेको बताएका छन् । उनले प्रश्न गरेका छन् ‘पार्टी एकीकरणका बेलामा भएको हस्ताक्षरको सम्झना छ कि छैन ?’

नेता रावलले स्वर्गीय मदन भण्डारीको स्मरणसहित राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘भण्डारीले देश र जनताका लागि जीवनको बलिदान दिनुभयो तर अहिले त्यो शीतल निवासमा मदन भण्डारीको आत्माले के भनिरहेको होला ?’ 

उनले फरक प्रसंगमा भने, ‘पार्टीले लिम्पियाधुरासहितको नक्सा जारी गर्न भन्दा पनि सुरुमा ओलीले मानेका थिएनन्, स्थायी समितिमा उहाँले अध्यादेश ल्याउँदिन भन्नुभयो, पछि ल्याउनुभो, प्रतिनिधिसभा विघटन गर्दिन भन्नुभएको थियो तर एकाएक विघटन गर्नुभयो ।’ 

नेता रावलले ओली नेतृत्वको सरकार काम चलाउ भैसकेकाले मन्त्री थप्न र कुनै निर्णय गर्न नपाउने बताए । उनले ओलीका स्वेच्छाचारी ढंगका काम कार्वाही आफूहरुका लागि सह्य नहुने चेतावनी समेत दिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend