बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

केपी ओली जंगेको बाटोमा हिँड्नुभो, हाम्रो विजय यात्रा सुरु भो : प्रचण्ड 

केपी ओली जंगेको बाटोमा हिँड्नुभो, हाम्रो विजय यात्रा सुरु भो : प्रचण्ड 

पुस १३ काठमाडौं,  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन् । 

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रम सम्बोधनका क्रममा प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।’

संसद विघटन गरेर केपी ओलीले जुन ढंगले संविधानमाथि र नेपाली जनतामाथि गरेको प्रहार गर्नुभयो त्यो कुनै पनि हालतमा सह्य नहुने उनकाे भनाइ थियाे  ।

प्रधानमन्त्रीको यस कदमको विरोधमा आफूहरु सडकमा आएको भन्दै प्रचण्डले भने, ‘केपीजीलाई धन्यवाद । तपाईले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो । अर्को चुनाव हामी जित्छौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend