logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  •  ‘एनिर्भसरी’ मा श्रीमतीलाई चन्द्रमाको जग्गा उपहार

     ‘एनिर्भसरी’ मा श्रीमतीलाई चन्द्रमाको जग्गा उपहार

    5.6K
    Shares

    नयाँ दिल्ली । राजस्थानको अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजाले यतिबेला चर्चामा छन् । उनले चन्द्रमामा जमिन किन्ने श्रीमतीको सपना साकार बनाइदिएका छन् । २४ डिसेम्बरमा विवाहको आठौं वार्षिकोत्सवमा उनले श्रीमतीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन् । 

    धर्मेन्द्र अनिजाले भनेका छन् ‘मैले एक वर्षअगाडि नै आजको दिन श्रीमतीलाई चन्द्रमाको जमिन उपहार दिने योजना बनाएको थिएँ, यो सरप्राइज त्यति सजिलो थिएन तर सपनाले धेरै अवरोध पार गरेको छ । चन्द्रमामा जमिन किन्ने सपना पुरा भएको छ ।’ 

    धर्मेन्द्र अनिजाकी श्रीमती सपना चन्द्रमाको जमिन उपहार पाएपछि आफ विश्वकै भाग्यमानी महिला भएको बताएकी छन् । सपनाको नामबाट चन्द्रमामा १४.३ उत्तरी अक्षांश, ५.६ पूर्वी देशान्तर, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड जमिन खरिद गरेका छन् । 

    पृथ्वीको कुनै पनि भागमा जग्गा किन्न एक प्रक्रियामार्फत जानुपर्छ। त्यस्तै प्रकारले, चन्द्रमामा जमिन किन्नलाई एक लामो प्रक्रिया पार गर्नुपर्नेछ । 

    धर्मेन्द्र अनिजाले अमेरिकी फर्ममा एक वर्ष पहिले चन्द्रमामा जमिन किन्न आवेदन दिएका थिए। आवेदन स्वीकृत भएपछि धेरै पटक कम्पनीसँग भिडियो सम्मेलन आयोजित गरिएको थियो । प्रक्रियाको क्रममा उनीहरूको आर्थिक र पारिवारिक स्थिति अध्ययन गरियो। जमिन खरिदका लागि सम्पूर्ण प्रक्रिया पूरा लगभग एक वर्ष लाग्यो।

    उनीहरूले लुना सोसाइटी इन्टरनेसनलमार्फत् चन्द्रमामा जमिन किनेको बताएका छन् । 

    एउटा एक वर्ष जमिनको स्वामित्व हुने र अर्को ४९ वर्षसम्म स्वामित्व हुने गरी चन्द्रमामा दुई प्रकारका जमिन उपलब्ध हुन्छन् । धर्मेन्द्रले ४९ वर्षका लागि तीन एकड जमिन किनेको र यसको बेच्ने अधिकार आफूसँग भएको बताएका छन् । 

    बिबिसीबाट


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend