बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

राष्ट्रपति भण्डारीलाई विश्वप्रकाश शर्माको आग्रह : ‘रामवरण यादवसँग ट्युसन पढ्न जानुस्’

राष्ट्रपति भण्डारीलाई विश्वप्रकाश शर्माको आग्रह : ‘रामवरण यादवसँग ट्युसन पढ्न जानुस्’

पुस १३ काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कस्तो बन्नुपर्छ भन्ने कुरा पूर्व राष्ट्रपति रामवरण यादवसँग सिक्नका लागि आग्रह गरेका छन् । 

संसद विघटनको विरोधमा कांग्रेसले सोमबार कोटेश्वरमा गरेको विरोध कार्यक्रममा शर्माले भने, ‘सम्माननीय राष्ट्रपति ज्यू, यो देशको संवैधानिक राष्ट्रपति भएर कस्तो काम गर्नुपर्छ भन्ने कुरा सिक्नका लागि डा. रामवरण यादवसँग ट्युसन पढ्न जानुस् । उहाँसँग ट्युसन पढ्याे भने थाहा हुन्छ राष्ट्रपतिले प्रतिकुलतामा के गर्नुपर्छ ?’

शर्माले नेपाली कांग्रेस पार्टी देशको जेठो पार्टी भएकाले जिम्मेवारीमा पनि जेठो भएको बताएका छन् । उनले कम्युनिष्ट पार्टीबाट देश नबन्ने पनि दाबी गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend