logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • धान उत्पादन अहिलेसम्मकै उच्च 

    धान उत्पादन अहिलेसम्मकै उच्च 

    4.7K
    Shares

    पुस १४ काठमाडाैं, नेपालमा यो वर्ष धान उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार याे वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ। यो उत्पादन अहिलेसम्मकै उच्च हो । 

    मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आव ०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, आव ०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । 

    यो वर्ष धान कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस अघिका वर्षमा भन्दा याे वर्ष १४ हजार ५५९ हेक्टर जमिनमा उत्पादन बढी भएकाे थियाे । 

    यो वर्ष सक्रिय मनसुन जेठ ३० बाटै सुरु भएको र गत सालको मनसुनभन्दा औसत ३१ प्रतिशत बढी वर्षा हुँदा उत्पादन वृद्धिमा टेवा पुगेको मन्त्रालयले जनाएको छ । 

    लकडाउनका कारण कामदारको सहज उपलव्धता, प्रदेशका कार्यालयहरुले बिउबिजन उपलव्धतामा सहजीकरण गरेकाले गत सालभन्दा धान उत्पादन राम्रो भएको मन्त्रालयको दावी छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend