logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • साउदीकी चर्चित महिला अधिकारकर्मीलाई पाँच वर्ष जेल सजाय

    साउदीकी चर्चित महिला अधिकारकर्मीलाई पाँच वर्ष जेल सजाय

    4.4K
    Shares

    रियाद । साउदी अरबको एक अदालतले एक महिला अधिकारकर्मीलाई पाँच वर्षको जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।

    उनलाई आतंकवादसम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चामाध्यमले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेको अधिकारीहरुको दाबी छ ।

    विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो । सोमबार उनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइए पनि उनले ३ वर्ष मात्रै जेलमा बस्नु पर्नेछ । अदालतले हथलौलले २ वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend