
बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको दाबी गरेका छन् ।
प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको बताउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुनै नसक्ने जिकीर गरेका छन् ।
जित सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको धारणा व्यक्त गर्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई चुनौती समेत दिएका छन् ।
ओलीका निकट मानिने पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन नेपालगञ्ज आएका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend