logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • कोरोनको उत्पति कसरी भयो ? चीनमा उत्तर खोज्दै डब्ल्युएचओ

    कोरोनको उत्पति कसरी भयो ? चीनमा उत्तर खोज्दै डब्ल्युएचओ

    5.8K
    Shares

    बेइजिङ । अक्टुबरको अन्तिममा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अन्वेषकहरुको टोली चिनियाँ विज्ञहरुको समूहसँग भर्चुअल बैठकमा बस्यो । उनीहरु कसरी कोरोना भाइरसको उत्पत्ति भयो र त्यसको दीर्घकालीन रुपमा गहन अध्ययन कसरी गर्न सकिन्छ ? मानव समुदायमा कसरी भाइरस फैलियो ? भन्ने बारेमा अध्ययन गर्न चाहेको डब्ल्युएचओले चिनियाँ टोलीसँग भन्यो । 

    चीनले वुहानमा नयाँ रहस्यमयी भाइरसबाट पहिलो मृत्यु भएको पुष्टि गरेको वर्षदिन पछि डेनमार्कदेखि कतारसम्मका १० अन्तर्राष्ट्रिय विज्ञहरु मानिस र जनावारसम्बन्धी महामारी विज्ञान, विषाणुविज्ञान, सेरोलोजिक (जनावार तथा मानिसको रगत परीक्षण गर्ने) को अध्ययन गर्न चीन आइपुगे । 

    डब्ल्युएचओ र चिनियाँ सरकारको सुपरिवेक्षणमा टोलीले मध्य चीनको भ्रमण गरी प्रमाणहरु संकलन गर्न र सहरमा भाइरस कसरी देखियो भनेर खाेजी गर्न सुरु गरे । यसैबाट महामारी उत्पत्ति सम्बन्धमा थप अध्ययनका लागि आधारभूत कामहरु सुरु भयो । 

    हालको महामारीबाट भएको विनाशकारी असरले समाजमा जनावारबाट मानिसमा सर्ने रोगहरु धेरै भइरहेको हुन सक्ने देखाउँछ । महामारी कसरी फैलियो भनेर बुझ्न किन आवश्यक छ भने, यसले पछि भविष्यमा फैलिन सक्ने नयाँ भाइरसको रोकथामका लागि सहयोग गर्नेछ । 

    विज्ञहरुले गत वर्षमा गरिएको अनुसन्धानको साथसाथै सन् २००२ मा सार्स–कोभ–२ प्रकोपबाट आएको ऐतिहासिक तथ्यांकमा सार्स–कोभ–२ भनेर चिनिने नयाँ कोरोना भाइरसहरु जनावारमा कसरी देखा परे र पछि मानिसमा कसरी फैलियो भनेर अध्ययन गर्नेछन् । 

    महामारीको राजनीतिक प्रकृति र विश्वभर १७ लाखभन्दा बढी मानिसको ज्यान लिएको र विश्व अर्थतन्त्र ध्वस्त पारेको भाइरसको चुनौतिका बीच यस अध्ययनमा चीन सरकारले सहयोग र साझेदार गरिरहेको छ ।

    डब्ल्यूएचओले चीन जाने र चीनका सहकर्मीहरूसँग मिलेर मूल प्रश्नको अनुसन्धान गर्न एउटा टोली राखेको छ तर त्यसमा चिनियाँ सरकार र चीनका वैज्ञानिकहरूसँग धेरै सहयोग चाहिन्छ’, अनुसन्धानकर्ता एन्जेला रासमुसेनले भनिन् ‘भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय एक जटिल राजनीतिक अवस्था र राजनीतिक परिप्रेक्ष्य तर्फ ढल्किइरहेको छ, जसमा बलियो वैज्ञानिक अनुसन्धान हुनुपर्छ ।’ 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend