logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • शेर बहादुर देउवालाई चीन भ्रमणको निम्तो

    शेर बहादुर देउवालाई चीन भ्रमणको निम्तो

    3.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।  देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् । 

    उपमन्त्री क्वोले  कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको बताउँदै  सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए । उनले  कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत गरेका छन् ।   

    उनिहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयहरुमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । 

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रीय विभागका उपमन्त्री सहितको प्रतिनिधिमण्डल सोमबार काठमाडौं आईपुगेको हो । प्रतिनिधिमण्डलले नेपालका शीर्ष नेतृत्वहरु संग भेटवार्ता गरिरहेको छ । प्रतिनिधिसभाको विघटन लगत्तै  भएको  चिनियाँ टोलिको भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend