आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन विप्लवसहित चार पार्टीले गरे संयुक्त मोर्चा निर्माण

राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन विप्लवसहित चार पार्टीले गरे संयुक्त मोर्चा निर्माण

पुस १४ काठमाडौँ, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहित चार पार्टीले वर्तमान राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच वर्तमान सरकार र संसदीय ब्यवस्थाका विरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरिएको छ ।

रणनीतिक संयुक्त मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम छिट्टै घोषणा गरिने चार वटै पार्टीका नेतृत्वले हस्ताक्षरमा गरी मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वैदेशिक शक्तिको इसारामा केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेको उनीहरुको आरोप छ । ‘अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्रवैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।’

Press 1.png

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend