logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • जाजरकोटमा जीप दुर्घटना : ५ जनको मृत्यु, दुई घाइते

    जाजरकोटमा जीप दुर्घटना : ५ जनको मृत्यु, दुई घाइते

    196
    Shares
    जाजरकोटमा जीप दुर्घटना : ५ जनको मृत्यु, दुई घाइते

    सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

    ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै थियो ।

    दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

    जिप सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend