पुस १४ काठमाडौँ, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माफी मागेका छन् । केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै उनले जनतासमक्ष माफी मागेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा टिप्पणी गर्दै भनेका छन्, ‘केपी ओली गणतन्त्रवादी नेता होइनन् भन्ने थाहा थियो । उहाँको बयलगाडाको सिद्धान्त हो भन्ने पनि थाहा थियो । उहाँ अहिले पनि बयलगाडामै हुनुहुन्छ ।’
प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोधसभा भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्तको विरुद्धमा रहेको आरोप लगाए । प्रचण्डले पार्टी एकताको प्रस्ताव लिएर सबैभन्दा पहिले आफूनै ओलीको निवासमा गएको स्मरण गरे ।