logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

    म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

    532
    Shares
    म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

    काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (बिहीबार) कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

    रवि बारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एक दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

    रवि विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend