logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • क्रोएसियामा शक्तिशाली भूकम्प, कम्तिमा सात जनाको मृत्यु

    क्रोएसियामा शक्तिशाली भूकम्प, कम्तिमा सात जनाको मृत्यु

    5.1K
    Shares

    काठमाडाैँ । क्रोएसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तिमा सात जनाको मृत्यु भएकाे सीएनएनले उल्लेख गरेकाे छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएकाे हाे । भूकम्पमा दर्जनाैँ मानिस घाइते भएकाे जनाइएकाे छ ।

    भूकम्पका कारण पेट्रिन्जा नगरको झण्डै आधा भाग ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् । भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको त्यहाँकाे मेयरले बताएकाे समाचारमा उल्लेख छ ।

    क्रोएसियाको राजधानी जाग्रेबसहित छिमेकी देश बोजनिया, सर्बिया तथा इटालीसम्म भूकम्प महसुस भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend