logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • कोरोना भाइरसको नयाँ भेरिएन्ट कति घातक ? 

    कोरोना भाइरसको नयाँ भेरिएन्ट कति घातक ? 

    5.4K
    Shares

    लन्डन । बेलायती वैज्ञानिकले एक तुलनात्मक अध्ययनपछि कोरोना भाइरसको नयाँ भेरिएन्टबाट हुने समस्या पहिलाको तुलनामा धेरै गम्भीर नभएको बताएका छन् । 

    पब्लिक हेल्थ बेलायतले यसबारे अध्ययन गरेको थियो । वैज्ञानिकका अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट तीव्र फैलिन सक्छ । डिसेम्बरको मध्येमा नयाँ भेरिएन्टको पुष्टि भएको थियो, यसपछि धेरै देशहरुले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएका थिए । 

    यस नयाँ अध्ययनमा वैज्ञानिकले एक हजार सात सय भन्दा धेरै मानिसबीच तुलनात्मक अध्ययन गरेको थियो । वैज्ञानिकका अनुसार कोरोन भाइरसको नयाँ भेरिएन्ट र अस्पताल भर्ना भएका पुरानो भेरिएन्टबाट संक्रमित मानिसहरुबीच कुनै खास भिन्नता छैन । कोरोनाको नयाँ स्ट्रेनका बिरामीमा पनि उही लक्षणहरु देखिएको थियो । 

    तर वैज्ञानिकहरुले अध्ययन पछि भनेका छन्, यो भिन्नता तुलनात्मक रुपमा दु्रत फैलिन सक्छ, त्यसैले नयाँ स्ट्रेनको संक्रमितहरु धेरै हुन सक्छन् । 

    वैज्ञानिकका अनुसार कोरोन भाइरसको नयाँ भेरिएन्ट र अस्पताल भर्ना भएका पुरानो भेरिएन्टबाट संक्रमित मानिसहरुबीच कुनै खास भिन्नता छैन । कोरोनाको नयाँ स्ट्रेनका बिरामीमा पनि उही लक्षणहरु देखिएको थियो । तर वैज्ञानिकहरुले अध्ययन पछि भनेका छन्, यो भिन्नता तुलनात्मक रुपमा दु्रत फैलिन सक्छ, त्यसैले नयाँ स्ट्रेनको संक्रमितहरु धेरै हुन सक्छन् । बेलायतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । मंगलबार बेलायतमा कोरोना भाइरसबाट ५३ हजारभन्दा बढी संक्रमित भएको भेटिएको थियो भने चार सय चौध जनाको मृत्यु भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend