logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • १२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

    १२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

    4.9K
    Shares

    काठमाडौं । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गरेका छन् । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाएका छन् ।

    बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गरे । उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको टिप्पणी गरे ।

    बाइडेनले आगामी जनवरी २० मा पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन् । आफ्नो घोषणा अनुसार काम गर्न हालको प्रशासन इच्छुक नरहेको बाइडेनको आरोप छ । उनले आफ्नो लक्ष्य पूरा गर्न हाल उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले वृद्धि गर्नुपर्ने दावी गरे । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend