काठमाडौं, बागमती प्रदेशसभा सदस्य तथा पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छिन।
केन्द्रीय कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइएको हो। बैठकले शाक्यलाई संसदीय दलको नेता बनाउने बताइएको छ।
शाक्यलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।