काठमाडौं – मन्त्रिपरिषद विस्तविरुद्ध परेका रिटको सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुने भएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गर्दै गत पुस १० गते रिट दायर भएको थियो।