काठमाडौं – पुष्पकमल दाहाल र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन।
पेरिसडाँडामा बसेको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
शाक्यलाई नयाँ मुख्यमन्त्रीको प्रस्ताव गरि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।