नयाँ दिल्ली । नयाँ बर्षको मुखैमा कोरोना भाईरसको नयाँ भेरियन्ट देखिएपछि दिल्ली सरकारले कर्फ्यु जारी गर्ने भएको छ ।
डिसेम्बर ३१ र जनवरी १ गरी २ रात लागु हुने गरी राती ११ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लगाउने जनार्ईएको छ । रात्रीकालिन कर्फ्युको समयमा पाँच जना भन्दा बढी भेला हुन नदिईने बताइएको छ ।
नयाँ बर्षको अवसरमा हुने भिडभाडबाट सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले कर्फ्यु जारी गरीएको बताइएको छ ।