logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कुलमानले हाेइन केपी ओलीले गरेका हुन् लाेडसेडिङ अन्त्य : मुख्यमन्त्री पोखरेल

    कुलमानले हाेइन केपी ओलीले गरेका हुन् लाेडसेडिङ अन्त्य : मुख्यमन्त्री पोखरेल

    3.6K
    Shares

    पुस १६ काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्बाेधनका क्रममा लाेडसेडिङकाे अन्त्य कुलमान घिसिङले नभई ओलीले गरेकाे बताएका हुन् ।

    २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको उनकाे भनाइ थियाे । 

    ‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend