आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

चीनमा पनि भेटियो नयाँ कोराेनाभाइरसकाे संक्रमित

चीनमा पनि भेटियो नयाँ कोराेनाभाइरसकाे संक्रमित

पुस १७ काठमाडाैं, चीनमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । चीनमा नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएकाे समाचार एजेन्सी रोयटर्सले जनाएकाे हाे ।

एक वर्ष अघि चीनबाट नै सुरु भएकाे भनिएकाे काेराेना भाइरस संसारभर फैलिसकेकाे छ । नयाँ भेरियन्ट भने बेलायतमा सबैभन्दा बढी देखिएकाे छ ।

संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ । 

चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीया महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend