आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

 दैनिक एक हजारभन्दा बढी संक्रमित, संकटकालको तयारीमा टोकियो

 दैनिक एक हजारभन्दा बढी संक्रमित, संकटकालको तयारीमा टोकियो

टोकियो । जापानको राजधानी टोकियोमा मात्रै कोरोना भाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना संक्रमित भएका छन् । संक्रमितको संख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् । 
   
प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उनले बताए । तर संकटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए । 

बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा संक्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।’ उनले सबै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आह्वान गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend