काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलमा प्रतिबन्ध गरेको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै म्यानचेष्टर युनाइनेडका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको छ ।
उनलाई अपमानजनक र अनुचित शब्द प्रयोग गर्ने आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको हो ।
काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए र विवादमा आएपछि पोस्टलाई हटाउँदै माफीसमेत मागेका थिए ।
उनलाई प्रतिबन्ध तत्काल लागू हुने छ । जसका कारण उनले तीन खेल गुमाउने छन् ।
नयाँ वर्षको दिन शुने प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेलका साथै इएफएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध खेल गुमाउनेछन् ।