logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • जितका लागि कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    जितका लागि कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    210
    Shares
    जितका लागि कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राईनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

    निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कर्णालीले १ सय ७५ रन बनायो ।

    कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।

    ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।

    जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

    चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।

    बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend