logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • संसद विघटन गर्ने ओलीको कदम अग्रगामी: गृहमन्त्री थापा

    संसद विघटन गर्ने ओलीको कदम अग्रगामी: गृहमन्त्री थापा

    2.3K
    Shares

    पुस १७ काठमाडौं:  गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगामी कदम बताएका छन्। ललितपुरमा आयोजित ओली समुहको नेकपाको महानगरस्तीय भेलालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन्। 

    प्रतिगमन र अग्रगमनको लडाइँमा आफूहरु विजयी हुने थापाले दावी गरे। 

    प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गरेको गृहमन्त्री थापाको भनाई थियो। थापाले पार्टीलाई र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ संसद स्थापनाको विकल्प नभएको बताए। 

    कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री र अध्यक्ष बन्ने महत्वाकांक्षाले गर्दा प्रतिक्रियादीहरु खेलेपछि प्रधानमन्त्री ओली संसद विघटन गर्न बाध्य भएको थापाले जिकिर गरे।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend