logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • ओलीले भने: चुनाव हुन्न भन्नेलाई सुर्य चिह्न किन चाहियो ?

    ओलीले भने: चुनाव हुन्न भन्नेलाई सुर्य चिह्न किन चाहियो ?

    3K
    Shares

    पुस १७ काठमाडौं: प्रधानमन्त्री केपी ओलीले चुनावनै हुन्न भन्नेलाई सुर्य चिह्न किन चाहियो भन्दै प्रश्न गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनपछि प्रचण्ड- नेपाल समुहले आधिकारिक नेकपा आफु भएको र सुर्य चिह्न आफ्नै भएको दावीसहित निर्वाचन आयोगमा निवेदन दर्ता गरेका बेला प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरेका हुन्। 

    शुक्रबार प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सुर्य चिह्न पाउनुपर्ने भन्दै उहाँहरु निर्वाचन आयोग जानुभएको थियो, एकातिर उहाँहरू चुनावै हुँदैन भन्दै हुनुहुन्छ अर्कातिर सुर्य चिह्न हाम्रो हो भन्नुहुन्छ, चुनाव नलड्नेलाई सूर्य चिह्न किन चाहियो ?”

    प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ।

    प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा पनि विभाजन भएको छ। विभाजनसंगै आधिकारिक नेकपामा ओली र प्रचण्ड( नेपाल समुह दुवैले दावी गर्दै आएका छन्। 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend