पुस १९ काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको आरोप लगाएका छन् । देशमा आगो लाग्दा काँग्रेस भने निभाउनको साटो खरानीका लागि दौडिन थालेको पनि उनकाे आरोप छ ।
आतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नु देशमा आगो लगाएसरह भएको उनले उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहनतले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन् । छिमेकी रमिते ! लौन आगो निभाऊँ !’
प्रतिनिधि सभा विघटन गरेपछि सरकारले निर्वाचनसमेत घोषणा गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसबेलामा निर्वाचनमा गए फाइदा नै हुने भएकाले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेको छ । जसपा भने सडक आन्दाेलनमा छ ।
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
— Baburam Bhattarai (@brb1954) January 3, 2021