logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • नेपालको फाइदाका लागि एमसीसी सक्दो छिटो अनुमोदन हुनुपर्छ: अमेरिका

    नेपालको फाइदाका लागि एमसीसी सक्दो छिटो अनुमोदन हुनुपर्छ: अमेरिका

    2K
    Shares

    पुस १९ काठमाडौं, एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् । 

    एमसीसी अनुमोदन कोष खुला भइ नरहने हुनाले सक्दो चाँडो सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई छ। 

    विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको छ । 

    अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ । तर अनुमोदन गर्ने नगर्ने भन्ने विषयमा नेपालको संसददेखि सडकसम्म मतभेद देखिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend