logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अब्बासद्वारा हमासको पत्रको स्वागत

    अब्बासद्वारा हमासको पत्रको स्वागत

    2.2K
    Shares

    रमल्ला । प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासले प्यालेष्टिनीहरूको आन्तरिक विभाजनलाई अन्त्य गर्दै प्यालेटिनी भूभागमा निर्वाचन गर्ने इस्लामिक हमास मुभमेन्टको पत्रको स्वागत गरेको प्यालेस्टाइनको राज्य सञ्चालित समाचार एजेन्सी वाफाले शनिबार जनाएको छ ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा हमासको विवाद अन्त्य, साझेदारी निर्माण, र राष्ट्रिय एकता हासिल गर्ने पत्रमा आएको कुरालाई राष्ट्रपतिद्वारा स्वागत गरिएको बताईएको छ । 

    अब्बासले प्यालेस्टिनीको केन्द्रीय चुनाव आयोगका अध्यक्ष हाना नासेरलाई निर्वाचन सम्पन्न गर्न सम्बन्धित आदेश जारी गर्ने प्रक्रियामा छलफल गर्नसमेत आमन्त्रित गर्ने निर्णय गरेको  विज्ञप्तिमा उल्लेख छ ।

    हमासका पोलिटब्युरो प्रमुख इस्माईल हनिएले अब्बासलाई फताह आन्दोलनका केन्द्रीय कमिटी सदस्य जिब्रिल राजौब मार्फत् एक आधिकारिक पत्र पठाएका बताइएको छ ।

    ‘पत्र पढेपछि राष्ट्रपति अब्बासले राजूबलाई विभाजनको अन्त्य, साझेदारी र राष्ट्रिय एकता हासिल गर्ने सम्बन्धमा पत्रमा भनिएको कुराका लागि हमासलाई स्वागत गरेको कुरा बताउन निर्देशन दिनुभएको छ,’ वाफाले प्रमुख स्थान दिएर सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।

    वाफाको रिपोर्ट अनुसार हमासको पत्र मिश्र, जोर्डन, कतार, टर्की र रुसको दृष्टिकोणलाई सम्झौताको नजिक ल्याउने प्रयासको नतिजा हो । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend