बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

भारतले दियाे कोरोनाभाइरस विरूद्धका दुई खोपलाई प्रयाेगकाे अनुमति

भारतले दियाे कोरोनाभाइरस विरूद्धका दुई खोपलाई प्रयाेगकाे अनुमति

पुस १९ काठमाडाैं । भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध कोभिसिल्ड खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए ।

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन भारतमा कोभिसिल्ड नाममा उत्पादन गरिएकाे हो । गत सातामात्र बेलायतले पनि याे खाेप आम प्रयोगका लागि अनुमति दिइसकेकाे छ ।

भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । याे भारतले बनाएकाे खाेप हाे । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend