logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  •  पर्यटकले भरियो कालिञ्चोक

     पर्यटकले भरियो कालिञ्चोक

    4.4K
    Shares

    चरिकोट ।  कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । 

    वार्षिक लाखाँै पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीहरुमा उत्साह थपिएको हो । अङ्गे्रजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा हजारौँको सङ्ख्यामा पर्यटकको आगमन भएको छ । दश महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अङ्गे्रजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए । 

     दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करीब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बाताए  । दुई दिनमा करीब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ । चरिकोटदेखि १७ किलोमिटरको दूरीमा यातायातमार्फत सहज तरिकाले कुरी बजारसम्म पुग्न सकिने र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ । 

     हिमाली जिल्ला दोलखा तराईका जिल्लासँग छोटो दूरीको सडक सञ्जालमार्फत सहज तरिकाले जोडिएसँगै कालिञ्चोक क्षेत्रमा तराई मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएका कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको चरिकोटका पर्यटन व्यवसायी दावा लामाले बताए  । 

     पर्यटनलाई लक्षित गरी करोडाँैको लगानीमा कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालनमा आएका सयौँ होटल लामो समयदेखि बन्द हँुदा व्यवसायी चिन्तित बनेका थिए ।  कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करीब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको माग सम्बोधन गर्ने गरी कालिञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको होटल सुनपातीका सञ्चालक व्यवसायी हरि ओलीले बताए  । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend