बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एनपीएलको फाइनल खेल हेर्न कीर्तिपुर मैदानमा पुगे प्रचण्ड-देउवा

एनपीएलको फाइनल खेल हेर्न कीर्तिपुर मैदानमा पुगे प्रचण्ड-देउवा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत मैदानमा पुगेका छन् ।

एनपीएलको फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर हेरिरहेका छन् ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा

एनपिएलको फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखकलगायतका नेताहरु पनि कीर्तिपुर मैदान पुगेका छन् ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हालेका छन् ।

May be an image of 5 people and text

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend