आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

फ्रान्समा पुन कोरोना भाइरसको संक्रमण 

फ्रान्समा पुन कोरोना भाइरसको संक्रमण 

पेरिस । कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेपछि फ्रान्स सरकारले देशका दक्षिण र पूर्वी क्षेत्रका १५ प्रान्तमा शनिबारबाट कर्फ्यू लगाएको छ । फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमण नियन्त्रण गर्न साँझ ६ बजेबाटै कर्फ्यू लगाउनुपर्ने खाँचो रहेको सार्वजनिक गरेका हुन् । 

क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरुपनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने छ ।

१५ वटा प्रान्तमा कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको समय बढाउनुपर्ने प्रवक्ता अत्तलले बताएका छन् ।

कोरोना भाइरस धेरै फैलिएका प्रान्तहरुमा आल्प्स मारिटिम, नियभ्र, आर्देन, साओन, दोउब, जुरा, होत आल्प्स, मुर्थे ए मोसेल, मुउज, ओत साओन, ओत मार्न, भोज्स, बेलफअ, मोसेल र ल्वार हुन् । 

फ्रान्समा कोरोना संक्रमणबाट अहिलेसम्म ६४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने दुई लाख ६२ हजार चार सय २५ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित युरोपेली देशमध्ये फ्रान्स पाँचौ नम्बरमा छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend