logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    357
    Shares
    रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

    सो प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध शुक्रबार मुद्दा दर्ता भएको थियो ।

    आज पूर्वगृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध मुद्दा दर्ता हुनेछ । सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

    उनलाई काठमाडौँै, चितवन र रुपन्देही पनि बयानका लागि लगिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend